गुगलको मंगलबार ‘हेप्पि बर्थ डे’! १८ वर्ष पुग्यो



google_birthday

 

सर्वाधिक रुचाईएको सर्च इन्जिन गुगलले मंगलवार १८ बर्ष पुरा गरेको छ । गुगलले आफ्नो जन्मोत्सव भएको संकेत डुडलवाट दिएपनि गुगलको जन्मोत्सवलाई नजिकवाट नियाल्नेहरू मितिलाई लिएर रणभुल्ल भएका छन् ।

ल्यारी पेज र सर्गेइ बि्रनले सन् १९९८ मा स्थापना गरेको गुगलले आफ्नो जन्मदिन सेप्टेम्बर महिनामा फरक फरक गतेमा मनाउदै आएको छ । सन् १९९८ सेप्टेम्बर ४ तारिखमा स्थापना गरेको गुगलको हिष्ट्रि पेजमा भएपनि सन् २००३ मा सेप्टेम्बर ६ मा मनायो भने सन् २००४ मा सेप्टेम्बर ७ मा मनाएको थियो । सन् २०१३ देखि भने सेप्टेम्बर २७ तारिखमा मनाउन थाल्यो ।

सन् १९९६ मा स्ट्याण्डफोर्ड युनिभर्सिटीमा लेरी र सर्गेइ भेट भएपछि उनीहरू सर्च इन्जिनको वेवसाईट बनाउने आइडिया निकालेका थिए । पहिला उनीहरूले ब्ल्याकरब नाम राख्ने सोचाइ बनाएका थिए । तर सन् १९९७ सेप्टेम्बर १५ तारिखमा गुगल राख्ने निर्णय गरेका थिए । गुगलले सन् २००२ देखि आफ्नो जन्मोत्सवमा डुडललाई जन्मोत्सवमा राख्दै आएको हो ।

विश्वकै ठुलो सर्च इन्जिन बनेर गुगलले आफुलाई विश्वकै दोस्रो महंगो ब्राण्डको रुपमा स्थापित गरेको छ । एक अनुमान अनुसार गुगलको पुँजी ५ खर्ब ४१ अर्ब अमेरिकी डलरको रहेको छ । यसका संस्थापक ब्रायन र सर्गेइलाई विश्वकै धनाढ्यहरूको सुचिमा १२ औं र १३ औं स्थानमा राखेको छ । उनीहरूको सम्पत्ति मध्ये ब्रायनको ३ अर्ब ५२ करोड र  सर्गेइको ३ अर्ब ४४ करोड अमेरिकी डलर रहेको छ ।


क्लिकमान्डु