५० हजार नाघे नेपाली डोमेन, चलाउने भन्दा ओगट्ने बढी



np_domain

काठमाडौं । इन्टरनेटमा देशको पहिचान जोडिएर सञ्चालन हुने नेपाली डोमेन, डट एनपीको दर्ता ५० हजार नाघेको छ । नेपाली मात्रले प्रयोग गर्न पाउने यस्तो डोमेन दर्तामा पछिल्लो समय उल्लेख बृद्दी भएको तथ्याङ्कले देखाएको छ । पछिल्लो एक वर्षमा मात्रै झन्डै १० हजारले डट एनपी डोमेन दर्ता गरेका छन् ।

अहिलेसम्म ५२ हजार ४ सय ४ वटा एनपी डोमेन दर्ता भएको मर्कनटायल कम्युनिकेसन्सका सुरज अधिकारीले क्लिकमाण्डुलाई जानकारी दिए । जसमध्ये सबैभन्दा बढि डट कम डट एनपी ३१ हजार ३ सय दर्ता भएका छन् । डट ओआरजी डट एनपी ६ हजार, डट इडयु डट एनपी ४ हजार दर्ता भएका छन् भने सरकारी कार्यालयले मात्र प्रयोग गर्ने डट जिओभी डट एनपी १ हजार ५ सयले दर्ता गरेका छन् ।

चलाउने भन्दा ओगट्ने बढी

डट एनपी डोमिन दर्ता गर्न पैसा नपर्ने र एकपटक दर्ता गरेपछि नवीकरण गर्न नपर्ने भएकाले यसको प्रयोग गर्ने भन्दा ओगटेर राख्नेको संख्या बढि देखिएको छ । खासगरी डट कम डट एनपी डोमेन ओगटेर बस्नेको संख्या बढी छ । कुन डोमेन प्रयोगमा छ र कुन छैन भन्ने ठ्याक्कै तथ्याङ्क भने आफूहरूसँग नभएको अधिकारीले बताए ।

अलेक्सा र्‍याकिंङको तथ्यलाई हेर्ने हो भने ज्यादै थोरै एनपी डोमिन मात्र चल्तीमा छन् । नेपालमा चर्चित ५० वेबसाइट मध्ये ३ वटा, गुगल डट कम डट एनपी, इसेवा डट कम डट एनपी, क्यामु डट कम डट एनपी मात्र सूचीमा पर्दछन् ।

के हो एनपी डोमेन?

वेबसाइटको नामलाई डोमेन भनिन्छ । संसार एउटै इन्टरनेट सञ्जालमा जोडिएकोले एउटा नामबाट एउटा मात्र वेबसाइट सञ्चालन गर्न सकिन्छ । नेपालबाट होस, केन्याबाट होस, वा अमेरिकाबाट, विश्व इन्टरनेट सञ्जालमा एउटा मात्रै नाम दर्ता गर्न मिल्छ । सबै डोमिनको दर्ता र व्यबस्थापनको अमेरिका स्थित आइक्यान नामक संस्थाले गर्दछ । नेपालमा जुन कम्पनीले दर्ता गरिदिए पनि तपाइको डोमेन आइक्यानको व्यबस्थापन भन्दा बाहिर हुँदैन ।

डट एनपी नेपालको पहिचान जोडिएको डोमेन हो । सबै देशले यस्ता डोमेन प्रयोगमा ल्याएका छन् । बेलायतले डट को डट युके, भारतले डट आइएन, चीनले डट सिएन, यस्तै । डट कम, डट ओआरजीमा मात्र टुंगिनेलाई टप लेभल डोमेन (टिएलडी) भनिन्छ भने डट एनपी जस्ता देशको पहिचान जोडिएकालाई कन्ट्री कोड टप लेभल डोमेन (सिसि-टिएलडी) भनिन्छ ।

डट एनपी नेपालको पहिचान जोडिएको डोमेन हो । सबै देशले यस्ता डोमेन प्रयोगमा ल्याएका छन् । बेलायतले डट को डट युके, भारतले डट आइएन, चीनले डट सिएन, यस्तै ।

नेपालमा डट एनपी डोमेन दर्ता र व्यवस्थापनका लागि आइक्यानले सन १९९५ देखि मर्कनटायल कम्युनिकेसन्सलाई दिँदै आएको छ ।

बहसमा एनपी डोमेन

देशको पहिचान जोडिएको डोमेनको प्रयोगलाई व्यापक बनाउनु पर्ने भन्दै बेला बेलामा बहस हुने गरेको छ । टिएलडी डोमेनसँग झुक्किने समस्या र प्रयोगकर्ताले कम चासो देखाएका कारण पनि एनपी डोमेन अझै लोकप्रिय बन्न सकेको छैन् ।

डोमेनको व्यवस्थापन निजी कम्पनीले लिएकोमा पनि कतिपयले असन्तुस्टी पोख्दै आएका छन् । तर, राष्ट्रिय सूचना प्रविधी केन्द्र सहित कुनै पनि सरकारी संयन्त्रले मर्कनटायलको विकल्प भने दिन सकेका छैनन् ।

डोमेनको व्यवस्थापन निजी कम्पनीले लिएकोमा पनि कतिपयले असन्तुस्टी पोख्दै आएका छन् । तर, राष्ट्रिय सूचना प्रविधी केन्द्र सहित कुनै पनि सरकारी संयन्त्रले मर्कनटायलको विकल्प भने दिन सकेका छैनन् ।

कसरी गर्ने दर्ता?

डट एनपी डोमेनका लागि पैसा खर्च गर्न पर्दैन । टिलडी जस्तो हरेक वर्ष नविकरण गर्न पनि पर्दैन । आफ्नो नामसँग मिल्दो डोमेन नागरिकता वा संस्था दर्ताको प्रमाणपत्रका आधारमा मर्कनटायलले दर्ता गरिदिन्छ । अहिलेसम्म दर्ता नभएको डोमेन जो पहिला आयो उसैले दर्ता गर्न पाउने प्रावधान छ । http://register.com.np/ मा गएर खाली भए नभएको हेर्न र दर्ता प्रकृया अघि बढाउन सकिन्छ ।

सरकारी निकायहरूले डट जिओभी डट एनपी दर्ता गर्न भने सिंहदरबार स्थित सूचना प्रविधि केन्द्र मार्फत प्रकृया अगाडि बढाउनु पर्दछ ।

 


क्लिकमान्डु