स्नापच्याटले ल्यायो चस्मामा भिडियो क्यामेरा



smart_glass

मोबाइल च्याट एपका रूपमा लोकप्रिय बन्दै गएको स्नापच्याटले पहिले पटक हाडवयर उत्पादनमा पनि हात हालेको छ । स्नापच्याटले ‘स्पेक्टाकल्स’ नामको चस्मा सार्वजनिक गरेको छ । डिसेम्बरभित्रै बजारमा जाने तयारीमा रहेको भिडियो क्यामेरा सहितको चस्मा स्न्यापच्याट प्रयोगकर्ताकै लागि लक्षित गरिएको छ ।

स्पेक्टाकल्सका सबै फिचर्सहरू सार्वजनिक गरिएको छैन । तर यसमा एउटा वाइड एङ्गल क्यामेरा हुने छ । उक्त क्यामेराबाट हरेक पटक बढिमा ३० सेकेन्ड सम्मका भिडियो खिच्न सकिने छ । खिचिएका फोटो र भिडियो ब्लुटुथ मार्फत स्मार्टफोनमा सर्नेछन् ।

एक पटक चार्ज गरेपछि दिनभर टिक्ने ब्याट्री राखिएको कम्पनीले जनाएको छ । यो चस्माको मुल्य १ सय ३० अमेरिकी डलर पर्ने पनि सार्वजनिक भइसकेको छ ।

यस अगाडि गुगलले बजारमा ल्याएको चस्मा भने सोचे अनुरूप सफल हुन सकेन् । गुगल चस्माको मुल्य १ हजार ५ सय डलर छ । स्पेक्टाकल्स मुल्यका कारणले धेरैको आकर्षण बन्न सक्ने अनुमान गरिएको छ ।


क्लिकमान्डु