यि हुन् नेपालमा बढि बिक्ने ५ मोबाइल



अन्तराष्ट्रिय बजारमा मोबाइल ब्राण्डहरू एक-पछि अर्को मोडलका सेट सार्वजनिक गर्ने प्रतिस्पर्धामा छन् । नेपालमा भने केही पहिला नै बजारमा आएका सेटहरूको आर्कषण बढि छ।

चाडबाडको छेकोमा विभिन्न कम्पनीहरुले मोबाइल सेटमा छुट र अफरहरू सार्वजनिक गरेका छन् । मोबाइल मेला नै आयोजना गरेर कम्पनीहरूले प्रचार प्रसारलाई तीब्रता दिएका छन्। उपभोक्ताहरूको आकर्षण चल्तिका ब्राण्डमा मिडियम प्राइस रेन्जका सेटहरूमा देखिएको छ । मोबाइल बिक्रेताका अनुसार यी हुन अहिले सबैभन्दा बढि रुचाइएका मोबाइल सेट ।

j2

सामसुङ ग्यालेक्सी जे टु

सन्  २०१६ मा नेपाली बजारमा आएको यो सेट मूल्य अनुसार सुविधा बढी भएको कारण नेपाली उपभोक्तामा लोकपि्रय भयो । ५ इन्चको एचडी सूपर एमोलेड डिस्प्ले रहेको यो सेटमा १ दशमलब ५ जीबी र्‍याम रहेको छ । मार्समेलो अपरेटिङ रहेको यो सेटको रिअर क्यामेरा ८ मेगापिक्सेल र फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ । २ हजार ६ सय एमएएच ब्याट्री क्षमता रहेको यो सेटमा स्मार्ट वाइक फिचर रहेको छ । यो सेटको मूल्य १५ हजार ९ सय रूपैँया रहेको छ ।

हुवावे वाई सिक्स टु

चीनियाँ कम्पनी हुवावेको वाई सिक्स टु स्मार्टफोन मुख्य रुपमा युवावर्गलाई लक्षित गरेर तयार पारेको देखिन्छ । १३ मेगापिक्सेलको रियर र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको यो सेटको डिस्प्ले ५ दशमलब ५ इन्चको छ ।

२ जीबी र्‍याम र १६ जीबी स्टोरेज रहेको यो सेटको ब्याट्री क्षमता ३ हजार १ सय एमएएच छ । फोरजी सपोर्ट गर्ने यो सेटको मूल्य १९ हजार ९ सय ९९ रूपैयाँ रहेको छ ।

p5w

जियोनी पी फाइभ डब्लू

५ इन्चको एचडी डिस्प्ले रहेको यो सेट जियोनीको पायोनियर सिरिज अन्तर्गत लोकपि्रय मानिन्छ । १ जीबी र्‍याम र १६ जीबी स्टोरेज रहेको यो सेटमा रिअर क्यामेरा ५ मेगापिक्सेल र फ्रन्ट क्यामेरा २ मेगापिक्सेलको छ । एन्ड्रोइडको ललीपप ५ दशमलब ० भर्सनमा आधारित यो सेटको ब्याटि्र क्षमता २ हजार एमएएचको छ । यो सेटको बजार मूल्य ११ हजार ९ सय ९९ रुपैयाँ पर्ने गरेको छ ।

लाभा आइरिस ८६०

लाभाको यो स्मार्टफोन एन्ड्रोइडको मार्समेलोमा आधारित रहेको छ । यो सेटमा २ जीबीे र्‍याम र १६ जीबी स्टोरज छ । ५ इन्चको एचडी डिस्प्ले रहेको यो सेटको रिअर क्यामेरा ८ मेगापिक्सेल र प|mन्ट क्यामेरा ५ मेगापिक्सेलको छ । ४ हजार एमएएच ब्याट्री क्षमता रहेको यो सेट यही कारणले पनि बढी रुचाईएको देखिन्छ । यो सेटको स्थानिय बजार मूल्य १४ हजार ३ सय ९९ रुपैयाँ पर्ने गरेको छ ।

6s

एप्पल आईफोन सिक्स एस

एप्पलले  भरखरै आइफोन ७ सार्वजनिक गर्‍यो । यो भन्दा पुरानो सँस्करण आईफोन सिक्स एस नेपालमा पनि लोकप्रिय रहेको छ । ४ दशमलव ७ इन्चको डिस्प्ले रहेको यो सेटमा २ जीबी र्‍याम तथा १६ जीबीको स्टोरेज क्षमता रहेको छ । यो सेटको रिअर क्यामेरा १२ मेगापिक्सेल र फ्रन्ट क्यामेरा ५ मेगापिक्सेलको छ । फिंगरपि्रन्ट सेन्सर रहेको यो सेटको ब्याट्री क्षमता १ हजार ७ सय १५ एमएएचको छ । यो सेटको मूल्य नेपाली बजारमा ९२ हजार रूपैयाँ पर्ने गरेको छ ।


क्लिकमान्डु