आयो आइफोन ७, के के छन् ‘एक्साइटिङ फिचर्स’?



iphone_7ग्याजेट जाइन्ट एप्पलले आफ्नो बहुचर्चित पोडक्ट आइफोनको ११ ओं संस्करण ‘आइफोन ७’ बिहिबार अमेरिकाको सनफ्रान्ससिस्कोमा आयोजित एक भव्य समारोहमा सार्वजनिक गरेको छ । अनेक अनुमान र खुलदुली चिर्दै केही एक्साइटिङ फिचर्स सहित ‘आइफोन ७’ र ‘आइफोन ७ प्लस’ बजार आइपुगेका छन् ।

हार्डवयर

६४ बिट सिस्टमा ४ कोरको ए१० फ्युजन २.४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर भएका नयाँ आइफोन अघिल्लो सस्करण भन्दा ३० प्रतिशत सम्म छिटो र बढि क्षमतामा अपरेट हुन्छन् । स्कीनमा थ्रिडी टच २.० सेन्सर छ । यसमा भएको रेटिना एच डी डिस्लेले पुरानो आइफोन भन्दा २५ प्रतिशत स्क्रीन थप चम्किलो बनाउँछ । स्टोरेजका हिसाबले ३२, १२८ र २५६ जिबीमा आइफोन ७ उपलब्ध छन् ।

हेडफोन ज्याक छैन

आफ्नो पहिलो संस्करणदेखि समेटेको ३.० हेडफोन ज्याकलाई यो संस्करणबाट एप्पलले निरन्तरता दिएन । अब पुरानो हेडफोन ज्याकको बिकल्पमा लाइटनिङ पोर्ट (चार्ज गर्न प्रयोग गरिने पोर्ट) मै जोड्न मिल्ने हेडफोन प्रयोग गर्नु पर्ने छ । तर  बानी नपरुन्जेल यसले प्रयोगकर्ता अलमलमा पार्ने देखेर एप्पलले लाइटिङ पोर्टबाटै पुरानो हेडफोन जोड्न मिल्ने एउटा एडप्टर पनि बक्समा नै उपलब्ध गराने भएको छ ।

यो बाहेक ब्लुटुथ वायरलेस हेड सेट पनि बिकल्प हो । एप्पलले आफ्नै प्रडक्ट एयरपडलाई यसको बिकल्पको रूपमा अघि सारेको छ । पहिलो पटक बिल्ट इन स्पिकरमा स्टेरियो साउन्ड उपलब्ध गराएको छ आइफोनले । पुराना संस्करणमा भन्दा दुई गुना चर्को आवाज सुन्न सकिन्छ यी सेटमा ।

होम बटन

लिक भएका सूचनाका आधारमा पहिल्यै अनुमान गरिएको थियो कि नयाँ आइफोनमा पुरानो होम बटन हुने छैन् । त्यस्ता अनुमान सहि ठहरिएका छन् । पुरानो होम बटनको सट्टा फोर्स सेन्सेटिभ टच बटनलाई ल्याइएको छ । पहिलेको होम बटन भन्दा पनि यो मल्टि ट्याक्सिङ छ ।

क्यामेरा

क्यामेराको स्तर सुधार्न एप्पलले निकै ठुलो मेहनत गरेको छ । आइफोन ७ मा पछाडी १२ मेगा पिक्सेल र अगाडि ७ मेगापिक्सेलका १-१ क्यामेरा छन् । ७ प्लसमा भने पछाडी थप एक क्यामेरा लेन्स जोडिएको छ । एक वाइड र एक टेली लेन्सले स्तरिय अप्टिकल जुमको सुविधा दिएका छन् । यसले गर्दा टाढाको तस्वर पनि स्तर कायम राखेरै खिच्न सकिन्छ ।

एफ १.८ को लेन्सको प्रयोग भएकाले आइफोन ७ ले कम लाइटको अवस्थामा पनि राम्रो तस्वीर खिच्ने क्षमता राख्छ । क्यामेरामा उपलब्ध अप्टिकल इमेज स्टेबलाइजरले खिच्दा खेरी हल्लिए पनि कम असर पर्ने काम गर्छ । त्यस्तै क्यामेरा फ्ल्यासको लाइट पनि पुरानोमा भन्दा ५० प्रतिशत बृद्दी गरिएको छ ।

वाटर एन्ड डस्ट प्रुफ

पानीमा र धुलोबाट जोगाउन नयाँ आइफोनमा उच्च प्रविधि प्रयोगमा ल्याइएको छ ।

सफ्टवयेर          

नयाँ आइफोन सँगै आइ ओ एस १० को पनि बुधबार नै सार्वजनिक गरियो । अडियो कन्ट्रोललाई प्राथमिकता दिएर एप्पलले श्रीलाई ब्यापक सुधार गरेको छ ।

मुल्य

समारोहमै घोषणा गरिए अनुसार ३२ जिबी आइफोन ७ को  मुल्य ६४९  अमेरिकी डलर   र ३२ जिबी आइफोन प्लसको ७६९ अमेरिकी डलर तय भएको छ ।

एप्पल वाच सेरिज २ पनि आयो

आइफोनसँगै एप्पलको अर्को चर्चित प्रोडक्ट एपल वाचको नयाँ संस्करण पनि सार्वजनिक गरियो । ‘एपल वाच सेरिज २’ नामकरण गरिएको यो संस्करण बिल्ट इन जिपिएस सहित पावरफूल हार्डवयर जडित छन् ।

सेरिज २ का लागि अपरेटिङ सिस्टम वाच ओएस ३ सार्वजनिक भएको छ । चर्चित गेम पोकेमन गो सहित थुप्रै एप्सका लागि वाच ओएस ३ प्लेटफर्म बन्नेको छ । एप्पल वाचकै स्पोर्टी भर्सन ‘एपल वाच नाइकी प्लस’ नाइकी कम्पनीको सहकार्यमा एप्पलले सार्वजनिक गरेको छ । यसको आधिकारिक मुल्य ३६९ अमेरिकी डलर पर्ने छ ।


क्लिकमान्डु