यि हुन महिलालाई चाहिने ५ मोबाइल एप्स



women_app

सबैको हातमा स्मार्ट फोन हुन थालेपछि कतिपय एप्स निर्माताहरुले एउटा निश्चित बर्गलाई हुने किसिमले एप्स निर्माण गर्न थालेका छन् जसमा महिला पनि पर्छन् । एन्ड्रोइडको प्ले स्टोर र एप्पलको एप स्टोरमा यस्ता हजारौं मोबाइल एप्सहरू आइसकेका छन् जुन महिलालाई मात्र काम लाग्छन् । यी मध्ये बढि चल्तीमा रहेका एप्स यस्ता छन् :

१. इजी हेयरस्टाइल स्टेप्स (Easy Hairstyles steps):

hairstyle तपाइको हेयर स्टाइल कस्तो बनाउने? यो एप्सले अनेक विकल्प सिकाउँछ । त्यो पनि हरेक स्टेप स्टेप देखाउँदै । यसमा भएका धेरै प्रकारका नमुना मध्ये मध्ये कुनै एकलाई छानेर तपाईले आफ्नो कपाललाई विभिन्न स्टाइलमा प्रस्तुत गर्न सक्नुहुन्छ । यो मन परेन भने हेयरस्टाइल सम्बन्धी अरू थुप्रै एपहरू पनि छन् । कतिपय निशुल्क छन त कतिपयलाई पैसा तिर्नुपर्छ ।

२. पिरियड ट्रयाकर (Period Tracker):

period_trackrयो एप्सले महिलाहरूमा हुने महिनावारीलाई निगरानी गर्ने गर्छ । यदी कसैलाई आफ्नो महिनावारी हुने मिति थाहा छैन भने पछिल्लो पटक भएको मिति राख्दा अव महिनावारी हुने सम्भावित मिति, डिम्ब पाक्ने दिन र महिनावारी हुदाँ प्रयोगकर्ताको मुड कस्तो भइरहेको छ भन्ने जस्ता जानकारी पनि दिन्छ । यो बाहेक महिनावारी सम्बन्धी थुप्रै एप्सहरू पाउन सकिन्छ ।

३. ब्युटी मिटर(Beauty Meter):

beauty_meterबिभिन्न मापदन्डमा महिलाका सुन्दरता जाँच्ने मोबाइल एप्सहरू उपलब्ध छन् । एन्ड्रोइको प्ले स्टोर वा एप्पल एप स्टोरमा ब्युटी मिटर, ब्युटी स्केल वा ब्युटी स्कायनर भनेर खोज्नुभयो भने धेरै एप्सहरू भेट्न सक्नुहुन्छ । आईओएसमा भ्यानिटी ब्युटी मिटर निकै लोकप्रिय छ । यो एपले हट अर नट वेवसाईटको कन्सेप्टमा जस्तै काम गर्छ । यो एपमा महिलाले आफ्नो फोटो अपलोड गरेपछि ब्युटि रेटिङ पाउने गर्छन् ।

४. ब्वाईफ्रेन्ड मेकर (Boyfriend maker):

boyfriend_makerयो एप मार्फत महिलाले भर्चुअल बब्वाइफ्रेन्ड बनाउन सक्छन् । उसलाई आफुले चाहे अनुसार लुक्समा परिवर्तन गर्न सकिन्छ । उससँग च्याट गर्न र खेलेर दैनिक प्वाइन्ट कलेक्सन पनि गर्न सकिन्छ । यो एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ ।

५. नेलबुक (Nailbook):

nailbookआफ्नो नङ प्रति सजग हुने महिलाहरूलाई यो एप उपयोगी देखिन्छ । यो एपमा नङका विभिन्न आर्टहरू राखिएका छन् । यसमा रहेको २५ हजार डिजाइन मध्ये कुनैलाई छानेर तपाईले आफ्नो नङलाई त्यत्तिकै आकर्षक बनाउन पनि सक्नुहुन्छ । नङ सजाबट बारे अरू सयौं एप्स पनि छान्न सक्नुहुन्छ ।


क्लिकमान्डु