सिसीटिभी जोड्दा कारबाहीमा परिएला !



cc-cameraकाठमाडौं । घर, पसल वा कार्यालयमा सुरक्षाका लागि क्लोज सर्किट (सिसी) टीभी  क्यामेरा जडान गर्ने सोचमा हुनुहुन्छ ? स्थानीय प्रशासनको स्वीकृति बिना यसो गर्नु भयो भने कारबाहीमा पर्न सक्नुहुन्छ ।

बजारमा सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिदिने थुप्रै कम्पनीहरू छन् । तर, न यस्ता कम्पनीले न त उपभोक्ताले, कमैले मात्र सरकारी प्रावधानको ख्याल गर्ने गरेको पाइएको छ ।

गृह मन्त्रालयले गत वर्ष सिसी क्यामेरा जडान र सञ्चालनका लागि कार्यविधि जारी गरेको थियो । आफूखुशी सीसी टिभी क्यामेरा जडान गर्ने बढेपछि सरकारले सुरक्षा संवेदनसीलता र मानवअधिकारलाई ध्यानमा राखेर यस्तो कार्यविधि बनाइएको गृह मन्त्रालयका सुचना अधिकारी भविश्वर पाण्डेले क्लिकमाण्डुलाई बताए ।

त्यसो त सार्वजनिक स्थान र सरकारी कार्यलय र बैंकमा पनि बिना अनुमति यस्ता क्यामेरा जडान गर्न पाइँदैन । मन्त्रिपरिषदबाट पारित भइ लागु भएको ‘सिसी टीभी तथा क्यामेरा जडान तथा सन्चालन सम्बन्धी कार्यविधी-२०७२ ले’ यस्तो अनुमति दिने अधिकार जिल्ला प्रशासनलाई दिएको छ ।

कार्यविधिले यस्ता क्यामेरालाई प्रयोजनका हिसाबले सार्वजनिक, व्यापारिक र नीजि गरी तीन भागमा बाँडेको छ ।

cc_1

कार्यविधि अनुसार सिसी टीभी क्यामेरा जडान गर्नका लागि आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा इजाजतका लागि निवेदन दिनुपर्नेछ ।

cc_2

 

के हुन्छ कारबाही?

कार्यविधिले जिल्ला प्रशासनले अनुगमनका लागि कर्मचारी र प्रहरी परिचालन गर्न सक्ने व्यवस्था गरेको छ । कार्यविधि विपरीत गर्नेलाई बिद्युतिय कारोबार ऐन अन्तर्गत कारबाही हुने उल्लेख छ ।


क्लिकमान्डु