स्मार्ट ट्राफिक बिटमा यस्ता छन् सुविधा (फोटो फिचर)



काठमाडौंको सडक यात्रामा हुनुहुन्छ भने चोक–चोकमा चिटिक्क परेका ट्राफिक बिटहरु देख्नुहुनेछ । पुराना र भद्दा किसिमका बिटहरुलाई अहिले गोलाकार किसिमका आरामदायी बिटहरुले विस्थापन गर्दै लगेको छ ।

चिरिच्याट्ट देखिने यी बिटहरु साँच्चै आरामदायी र प्रविधिमैत्री छन् । यी बिटहरु हेर्दा आकर्षक मात्र छैनन् थोरै ठाउँ ओगट्ने र सुविधासम्पन्न पनि छन् । बिट भित्र उभिने र बस्ने व्यवस्था छ । बस्नका लागि फोल्डिङ कुर्सी छ । सिलिङमा पंखा र बत्ती जडान गरिएको छ ।

बिटको छानामा सोलार प्यानल र ब्याट्री जडान गरिएको छ । थोरै वाटको बत्ती जडान गरिएको छ । बिट भित्र यतिमात्र होइन लुगा वा रेनकोट झुन्ड्याउन मिल्ने ह्यांगर र सामान राख्ने बक्स पनि छ । मोबाइल चार्ज गर्न मिल्ने प्लग पनि छ । पोष्टको वरीपरि चाँडै सिसाले घेर्ने योजना पनि महाशाखाले बनाएको छ ।

प्रिफिक्स नेपालको सहयोगमा ट्राफिक महाशाखाले उपत्यका भित्र करिब ७५ वटा यस्ता बिट बनाउने लक्ष्य लिएको प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर मल्लले जानकारी दिए । ‘हाल काठमाडौंमा मात्र ४६ वटा निर्माण भइसकेका छन्, यसलाई भक्तपुर र ललितपुरमा पनि चाँडै निर्माण गरिनेछ’, उनले भने ।

traffic_bi

traffic_bit

traffic_beat traffic_beat1

IMG_0851

 


क्लिकमान्डु