२३ मेगापिक्सेल क्यामेरा भएको सोनीको नयाँ स्मार्टफोन



sony-xperia-xz

सोनीले आफ्नो पछिल्लो स्मार्टफोन एक्सपेरिया एक्सजेडलाई फोटोग्राफीका लागि उपयोगी हुने किसिमले निर्माण गरेको छ ।

अन्तराष्ट्रिय बजारमा आइसकेको यो स्मार्टफोनमा २३ मेगापिक्सेलको क्यामेरा  छ । क्यामेरालाई बिशेष शक्तिशाली बनाएको सोनीको एक्सजेडमा राम्रो तस्विर र भिडियो कैद गर्न इमेजिङ सेन्सर, लेजर एएफ सेन्सर र आईआर सेन्सर राखेको छ । इमेजिङ सेन्सरले चलायमान बस्तुलाई तुरुन्त फोकस गरेर फोटो खिच्न सक्छ, एएफ लेजर सेन्सरले प्रकाशको अवस्था हेरेर तस्विर र भिडियोलाई स्पष्ट खिच्ने गर्छ भने आइआर सेन्सरले तस्विर र भिडियोमा देखिने बस्तुको रंगलाई आकर्षक रुपमा प्रस्तुत गर्छ ।

कम प्रकाशमा पनि स्पष्ट र आकर्षक भिडियो खिच्न सक्ने क्षमता भएको कारण स्मार्टफोन मार्फत् फोटोग्राफी रुचाउनेहरुलाई यो मोडल अर्को आकर्षण सेट हुने देखिएको छ ।

क्वालकोम स्न्यापड्रागन ८२० रहेको यो सेटमा क्वाडकोर २ दशमलब १५ गिगाहर्ज प्रोसेसर रहेको छ । ३ जिवी र्‍याम, ३२ र ६४ जिवी इन्टरनल मेमोरी रहेको यो सेटमा माइक्रोएसडी मार्फत् स्टोरेजलाई २ सय ५६ जिवीसम्म पुर्‍याउन सकिन्छ ।

१३ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको यो सेट सेल्फीलाई पनि उत्तिकै उपयोगी देखिएको छ । सामान्य बर्षाको बेला पनि चलाउन मिल्ने यो सेट ५ दशमलब २ इन्चमा फुल एचडी डिस्प्ले रहेको छ ।


क्लिकमान्डु