हाई-टेक बन्न थाले नेपाली ज्योतिष, सफ्टवेयरले बनायो सजिलो



jotis

काठमाडौं । पहिले पहिले नेपाली कागजमा घण्टौं कोरेर ज्योतिषहरूले जन्मकुण्डली तयार गर्थे । कुन्डलीकै आधारमा गणितीय माध्यमबाट घण्टौ विश्लेषण गरेर व्यक्तिको भविष्यफल बताइदिने प्रचलन थियो । गाउँघर तिर अझै पनि यही माध्यमबाट भविष्यफल हेर्ने चलन छ ।

प्राचीन विद्याको रुपमा मानिने ज्योतिष शास्त्र अब ‘हाई-टेक’ शैलीमा रुपान्तरण हुदैं छ । नेपाली ज्योतिषहरू प्रविधिमैत्री बन्न थालेपछि ग्रह-दशा हेर्न, जन्मकुन्डली तयार पार्न, भविष्यफल बताउन ज्योतिषहरूलाई पाँच मिनेट समय दिए हुन्छ । डेढ दशक यता ल्यापटप वा कम्प्युटरमै बसेर ज्योतिषहरूले तुरुन्तै भविष्यफल बताइदिन सक्ने भएका छन् ।

उनीहरूलाई यस्तो सजिलो बनाइदिएको नेपालमै विकास गरिएका केही ज्योतिष सफ्टवेयरहरूले हो । नेपालकै युवाहरूले विकास गरेका यस्ता सफ्टवेयरहरू उपयोगी समेत मानिएको छ । डिजिटल प्रविधिमा अभ्यस्त रहने ज्योतिष डा. सुनिल सिटौला भन्छन्, ‘सफ्टवेयरको प्रयोगले काम गर्न सजिलो र विश्वसनीय बनाएको छ । विश्वमा सन् १९९५ मै ज्योतिष सफ्टवेयर प्रयोगमा आए पनि नेपालमा भने एक दशक देखि मात्र प्रयोग हुँदै आएको छ । सिटौला भन्छन् ‘नेपालमा सीमित सफ्टवेयर छन् तर प्रभावकारी छन् ।’

सफ्टवेयरको विकाससँगै ज्योतिष पेशामा आकर्षण पनि बढेको छ । ज्योतिष व्यवसायले गरिखान सक्ने बनाउन थालेको छ ।  बाल्मीकि क्याम्पसका प्राध्यापक लक्ष्मीप्रसाद बरालका अनुसार नेपालका ज्योतिष क्षेत्रमा आकर्षण र परिवर्तन आउनुमा प्रविधिको विकास र विस्तारलाई नै प्रमुख मान्न सकिन्छ । नेपालमा स्काइ भिजन, सूर्य पञ्चाङ्ग, श्रीपुन्य जस्ता सफ्टवेयरहरु नै धेरै प्रयोग भैरहेका छन्, जसले ज्योतिषहरुलाई सहज र उपयोगी बनाइदिएको छ, उनले भने ।

सफ्टवेयरमा के-राखिएका हुन्छन् ?
ज्योतिषहरुले प्रयोग गर्ने यस्ता सफ्टवेयरहरू आफ्नो कम्प्युटर वा ल्यापटपमा सजिलै इन्स्टल गर्न सकिन्छ । यसका लागि निश्चित शुल्क निर्धारण गरिएको छ । यी सफ्टवेयरहरू नेपाली र अङ्ग्रेजी दुवै भाषामा तयार गरिएको छ ।
यस्ता सफ्टवेयरमा जन्मकुण्डली लेख्न र हेर्नका लागि आवश्यक सबै गणनाहरू राखिएका हुन्छन् ।

१.  विश्वका विभिन्न स्थानको अक्षांश र देशान्तरको डेटाबेस तथा अत्याधुनिक दृष्य गणना समेत गर्न सकिन्छ ।
२.  एउटै स्क्रिनमा विभिन्न कुण्डली, दशा, पञ्चाङ्ग मजाले हेर्न सकिने सुविधा हुन्छ ।
३.  विवाह कुण्डलीको मिलान तथा बर्ष कुण्डलीको विस्तृत विवरण यसमा राखिएको हुन्छ ।
४.  विवाह, ब्रतबन्ध लग्न पत्रिका साथै एफएम टेलिभिजहरुलाई आवश्यक पर्ने मोड्युल पनि राखिएको हुन्छ ।

नेपालमा चलेका सफ्टवेयर

अमेरिकाको जियोभिजनले निर्माण गरेको ‘परासरलाइट’ सफ्टवेयर विश्वका ज्योतिषहरुले सर्वाधिक प्रयोग गर्ने गर्छन् । त्यसबाहेक भारतमा निर्माण गरिएको ‘जग्गनाथहोरा’ लाई पनि नेपाली ज्योतिषहरुले प्रयोग गरिरहेका छन् । नेपालमा भने सिमित सफ्टवेयर निर्माण भएका छन् ।
नेपालमा बनेको ज्योतिष सफ्टवेयरहरू

स्काइ भिजन: सुदर्शन पौडेलले विकास गरेको स्काइ भिजन नेपालका धेरै ज्योतिषहरुले प्रयोग गरिरहेका छन् । हातले गणना गरिएको भविष्यफलसँग मिल्ने गरि सफ्टवेयरको विकास गरिएको छ । १२ देखि १८ हजार मुल्य पर्ने यसका प्रयोगकर्ता डेढसय जना छन् । यो विदेशमा बस्ने नेपाली माझ निकै लोकप्रिय छ । भविष्यफल हेर्न आवश्यक पर्ने जन्म, मिति, तिथि, समय टाइप गर्ने अप्सन बाहिरै राखिएको छ ।

श्रीपुन्य: वि.स. २०६५ सालमै किशोर नेपालले विकास गरेको श्रीपुन्य नेपालमा चल्तीमा रहेको सफ्टवेयर हो । यसको मूल्य पाँच देखि आठ हजार रुपैंयासम्म पर्छ । गणितमा कुनै समस्या नभएको यसमा प्रयोगकर्ताहरुले फलित राख्न माग गरेको निर्माता नेपालले जानकारी दिए ।

jotis1


क्लिकमान्डु