एनसेल नयाँ लोगोमा, आजियाटा थप ७० अर्व लगानी गर्दै



ncell-new-axiata
नेपालको नीजि दुरसञ्चार प्रदायक कम्पनी एनसेलको स्वमित्व आजियाटाले खरिद गरेसँगै एनसेलको नयाँ लोगो सार्वजनिक गरेको छ ।
एसियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एसियाको श्रीलंका तथा बंगलादेशमा २० वर्ष देखि काम गर्दै आएको छ भने यसको पाकिस्तान तथा भारतका दुरसंचारको क्षेत्रमा पनि लगानी रहेको छ ।

केही महिना अघिमात्र एनसेलको माउ कम्पनी टेलिसोनेरियाले एनसेलमा रहेको आफ्नो स्वमित्व आजियाटालाई विक्री गरेको थियो । एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने आफ्नो प्रतिबद्धता बमोजिम टुजी/थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी भैसकेको जानकारी दिएको छ ।

अन्तरराष्ट्रिय स्तरमा दूर सञ्चारको क्षेत्रमा राम्रो अनुभव बटुलेको आजियाटाले २ वर्षभित्र एनसेलमा थप ७० अर्व रुपैयाँ लगानी गर्ने बताएको छ । एनसेललाई उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्ने योजना उसको रहेको छ ।

आधुनिक प्रविधि, नविनता र डिजिटलाईजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमा थप ध्यान केन्द्रित हुने कम्पनीले जनाएको छ । फोरजी सञ्चलनका लागि प्रक्रिया अघि बढाइसकिएकाले निकट भविष्यमा फोरजी सेवाबाट पनि अफ्नो उपस्थिति बलियो बनाउँदै लैजाने कुरा एनसेलले जनाएको छ ।


क्लिकमान्डु