निर्माण व्यवसायीको भुक्तानी एक हप्ता भित्र हुन्छः अर्थमन्त्री
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौ रुपियाँ भुक्तानी पाउन सकेका छैनन् ।