वाणिज्य मन्त्री गलैँचाको विश्व प्रदर्शनी ‘डोमोटेक्स’मा सहभागी
काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको ह्यानोभर शहरमा २०७३ माघ १ देखि ४ गतेसम्म आयोजना भइरहेको गलैँचाको विश्व प्रदर्शनी डोमोटेक्समा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् ।