बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

नेपाल-भारत सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र कठिन रहन्छः सांसद पौडेल

काठमाडौं । सांसद प्रदिप पौडेलले नेपाल र भारतको सीमा व्यवस्थित नगर्दासम्म हाम्रो अर्थतन्त्र, शान्ति सुरक्षा र सुशासन कायम गर्न कठिन भएको हुने बताएका छन् । उनले सीमाको नियमित निगरानी गर्न

नागरिकतासम्बन्धी विधेयक अघि बढाउन एनआरएनएको माग

चेक रिपब्लिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नागरिकतासम्बन्धी विधेयक अघि बढाई तत्काल गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन सरकारसँग अनुरोध गरेको छ । चेक रिपब्लिकमा सम्पन्न संघको १५औँ क्षेत्रीय सम्मेलनले १४

अर्थमन्त्री महतलाई कांग्रेसको घोषणापत्र पढाउँदै स्वर्णिम वाग्लेले भने- थोर बहुत मैले पनि लेखिदिएको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशशरण महतलाई पार्टीको घोषणापत्र पढ्न सुझाव दिएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का

सरकारको असक्षमता र बेइमानीले गैरकानुनी व्यापार, तस्करी, कर छली बढ्योः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा ‘गरिने छ’ ले भरिएको टिप्पणी गरेका छन् । यो वर्षको

सांसद अमरेशकुमार जब संसद्‌मै अर्धनग्न भए…

काठमाडौं । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले संसद्‌मा कपडा खोलेर बिरोध जनाएका छन् । उनले कपडा खोलेर बिरोध जनाउन थालेपछि सभामुख देवराज घिमिरेले सभ्यताका साथ आफ्ना कुराहरू राख्न चेतावनी दिए ।

एमाले संसदीय दलको बैठक : नक्कली भूटानी शरणार्थीबारे छलफल

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भूटानी शरणार्थीलगायत विषयमा सांसदहरुले चासो देखाएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको बैठकमा नक्कली भूटानी शरणार्थी प्रकरणमा सांसदहरुले

बेलायती राजा र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेट

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन् । राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भइसकेपछि उनले दुवैसँग भेट गरेका हुन् । भेटमा साउदले राज्यारोहण

कांग्रेसका आचार्य मन्त्री नियुक्त, महिन्द्र राय यादवको मन्त्रालय फेरियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दाहालले नेपाली कांग्रेसको सिफारिसमा सांसद सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् । आचार्यलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त

भूटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीले भने- फिल्मको ट्रेलर देखाएका छौँ, सिंगो फिल्म बाँकी नै छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारसम्बन्धी ठूला फाइलहरु खुल्दै जाने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने