बेलायती राजा र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री साउदको भेट



काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन् । राजा चार्ल्सको राज्याभिषेकमा सहभागी भइसकेपछि उनले दुवैसँग भेट गरेका हुन् ।

भेटमा साउदले राज्यारोहण गरेकोमा राजा चार्ल्सलाई बधाई दिएका छन् । उनले भेटका क्रममा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

परराष्ट्रमन्त्री साउदका स्वकीय सचिव दीपककुमार जोशीले भेटमा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल भ्रमणको निम्तो दिइएको जानकारी दिए । उनका अनुसार जवाफमा सुनकले उपयुक्त समयमा नेपाल आउने बताएका छन् ।

‘बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिँदा हुन्छ म आउँछु तर अलि ढिला हुन्छ भन्नुभयो,’ परराष्ट्रमन्त्री साउदको भनाइ उद्धृत गर्दै जोशीले भने।
मन्त्री साउद वैशाख २१ गते राजा चाल्र्सको राज्याभिषेकमा सहभागी हुन बेलायत गएका थिए। उनी वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।


क्लिकमान्डु