निर्धन र स्वाभिमान लघुवित्तको बम्पर लाभांश प्रस्ताव, सेयर बजारमा खरिकर्ताको चाप



काठमाडौं । दुईवटा लघुवित्त कम्पनीले सेयरधनीलाई आकर्षक लाभांश प्रस्ताव गरेका छन् ।

निर्धन उत्थान लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर तथा १५.५३ प्र्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । १ अर्ब २० करोड चुक्ता पूँजी रहेको निर्धनको बोनस सेयरपछि चुक्ता पूँजी १ अर्ब ५० करोड पुग्छ ।

यस्तै स्वाभिमान लघुवित्त संस्थाले सेयरधनीलाई २४ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करको लागि १.२७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । ६ करोड १८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको स्वाभलम्बनको बोनस सेयरपछि चुक्ता पूँजी ७ करोड ६७ लाख हुने छ ।

बोनस सेयरको घोषणापछि अहिलेसम्म निर्धन उत्थानको सेयर मूल्य १६ रुपैयाँले बढेको छ । मार्केट डेप्थमा निर्धनको सेयर खरिदकर्ताको मात्र चाप छ । बिक्रीकर्ता खासै देखिएका छैनन् ।

स्वाभलम्बनको २ रुपैयाँले सेयर मूल्य बढेको छ ।


क्लिकमान्डु