भारतीय पूर्ववित्तमन्त्री अरुण जेट्लीको निधन, भारतका महंगा वकिल नोटबन्दी र जिएसटी सुत्रधार
नयाँ दिल्ली । भारतका पूर्ववित्तमन्त्री अरुण जेट्लीको निधन भएको छ । ६७ वर्षका जेट्लीको नयाँ दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकाल २०१४ देखि २०१९ सम्म उनी वित्तमन्त्री थिए । केही समय उनले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्मालेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट जेट्लीले राजनीतिक करिअरमा प्रत्यक्ष निर्वाचन भने जितेनन् । उनी भारतका महंगा वकिल थिए ।
उनी वित्तमन्त्री भएको बेला नै भारत सरकारले ५०० र १००० दरको नोट प्रतिबन्ध लगाउने र देशभर एउटै कर जिएसटी लगाउने निर्णय गरेको थियो । मोदीको योजनाको एक सुत्रधारको रुपमा जेट्लीले काम गरेका थिए ।