२५.१० प्रतिशतले नाफा बढ्दा सेयरधनीले वाणिज्य बैंकबाट प्राप्त गर्ने लाभांश घट्ने



काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरुले कमाएको नाफाको विवरण सार्वजनिक भयो । बैंकहरुले जहिले पनि ऋणीलाई मारेर कमाएको आरोप लाग्छ ।

२८ वटा वाणिज्य बैंकको नाफा आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा २५.१० प्रतिशतले बढेको छ ।

२८ वटा बैंकले गत वर्ष ६५ अर्ब ४० करोड रुपैयाँ नाफा कमाएका छन् । तर, बैंकहरुले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ । अझ पूर्ण रुपमा लेखा परिक्षण हुँदा यो रकम अझै घट्ने छ ।

गतवर्ष बैंकहरुको नाफाबाट सेयरधनीले ४७ अर्ब ६७ करोड रुपैयाँ लाभांश वापत प्राप्त गर्न सक्छन् । बैंकहरुले नगद तथा बोनस सेयर जुन दिएपनि दिनसक्ने क्षमता भनेको ४७ अर्ब ६७ करोडमात्र हो ।

अघिल्लो वर्षको तुलनामा बैंकहरुको लाभांश क्षमता ४.५४ प्रतिशतले घटेको छ ।

धेरैको बुझाई बैंकले गरेको अर्ब रुपैयाँको नाफामा छ । तर,बैंकले त्यो अर्ब रुपैयाँ नाफा कमाउनको लागि गरेको लगानीमा भने कसैले ध्यान दिएको छैन ।

एउटा उदाहरण लिऔं । नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ गत आर्थिक वर्षमा नाफा कमाएको छ । ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई वितरण गर्न गरेर कमाएको नाफा १ अर्ब ३९ करोड रुपैयाँ हो । जसबाट बैंकले सेयरधनीलाई दिने लाभांश क्षमता भनेको १०.८१ प्रतिशत हो । लेखापक्षिण हुँदा बैंकले १० प्रतिशतपनि लाभांश दिन मुस्किल पर्ने अवस्था छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गर्नको लागि लगाएको पूँजी १२ अर्ब ८६ करोडको पूँजी र १० अर्ब ९५ करोड रुपैयाँको रिजर्ब हेर्दा बैंकले २३ अर्ब लगानी गरेर जम्मा ३ अर्ब ४१ करोड नाफा गरेको हुन्छ ।

२८ वटा वाणिज्य बैंकहरुले यो वर्ष सेयरधनीलाई दिन सक्ने प्रतिफल भनेको १८.९२ प्रतिशत हो । जसमा पूर्ण सरकारी लगानीको वाणिज्य बैंकले ४० प्रतिशत लाभांश सरकारलाई मात्र दिन्छ । वाणिज्य बैंकले ३ अर्ब ६१ करोड रुपैयाँ लाभांश दिने क्षमता राख्छ ।

वाणिज्य बैंक सेयर बजारमा सूचिकृत नभएको हुँदा १८.२१ प्रतिशत मात्र लाभांश क्षमता वाणिज्य बैंकहरुको रहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बैंकको आम्दानी घटेपनि अर्बको मात्र नाफा देखेको हुँदा बैंकहरुको बढी नाफा गरेको आरोप लाग्ने गरेको बताउँछन् ।

बैंकले सेयरधनीलाई दिने लाभांश अघिल्लो वर्षभन्दा घटेको छ, अर्ब नाफा गर्दा कति प्रतिशतको प्रतिफल छ त्यो पनि हेनुपर्ने हो,’ दाहालले क्लिकमाण्डूसँग भने ।

बैंकहरुको यो वर्षको रिर्टन अन इक्विटी १७.२१ प्रतिशत छ । अघिल्लो वर्ष १५.३८ प्रतिशत रहेको थियो ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी वैंकहरुबाट यो वर्ष सेयरधनीले औसतमा १५ प्रतिशत मात्र लाभांश पाउने अवस्था रहेको बताउँछन् ।

‘सेयर लगानीकर्ताको दृष्टिकोणबाट अर्ब रुपैयाँ नाफा हुँदापनि बैंकहरुको प्रतिफल विगतमा जस्तो वर्ष हुँदैन, कुनैबेला ५०÷६० प्रतिशत प्रतिफल दिने बैंकहरुलाई २०÷२५ प्रतिशत दिन समेत मुस्किल परेको छ,’उनले भने ।

२८ वटा वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक बाहेक सबै सूचिकृत छन् ।

प्रकाशित भएको वित्तीय विवरणमा सबैभन्दा बढी लाभांश क्षमता नबिल बैंकको छ । नबिल बैंकले यो वर्ष ३५.३४ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

नेपाल बैंकको पनि वितरणयोग्य नाफा ३ अर्ब ४५ करोड छ । यस हिसाबले नेपाल बैंकले ३५.१८ प्रतिशत लाभांश दिने क्षमता राख्छ । एभरेष्ट बैंकले २६.९९ प्रतिशत, हिमालयन बैंकले २४.९३ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

Bank Dividend
Rastriya Banijya Bank 40.17
Nabil 35.34
Nepal Bank 35.18
Everest 26.99
Himalayan 24.93
Nepal SBI 24.37
NIC Asia 24.37
Global IME 23.47
Agricultural Dev 22.92
Standard Chartered 22.5
Sanima 20.32
Prabhu 19.5
Siddhartha 18.58
Prime 17.18
Nepal Credit & Commerce 17.09
Machhapuchchre 16.39
Bank of Kathmandu 16.13
Sunrise 13.71
NMB 13.25
Citizens 13.37
Mega 13.07
Laxmi 12.96
Nepal Bangladesh 12.86
Janata 12.16
Kumari 11.13
Nepal Investment 10.81
Civil 6.95
Century 6.36


क्लिकमान्डु