लक्ष्मी बैंकको शाखा पोखराको अमर सिहं चोकमा



काठमाडौं । लक्ष्मी बैंकले ११० औँ शाखा पोखराको अमरसिहं चोकबाट संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिंग सेवा पाउने बैंकले जनाएको छ ।

यो सहित बैंकको ४८ जिल्लामा ११० शाखा, २ एक्स्टेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १३२ रहेका छन् । बैंकको गण्डकी प्रदेशमा मात्रै शाखा संख्या ११ पुगेको जानकारी गराइएको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।


क्लिकमान्डु