असार लागेसँगै बैंकमा निक्षेप बढ्यो, दुई सातामा थपियो १७ अर्ब निक्षेप



काठमाडौं । असार लागेसँग बैंकिङ क्षेत्रमा निक्षेप थपिने क्रम बढेको छ ।

२८ वटा वाणिज्य बैंकसँग असार १३ सम्ममा २७ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । जेठ मसान्तसम्ममा बैंकहरुमा २७ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । दुईसाताको अवधीमा १७ अर्ब रुपैयाँ निक्षेप बैकिङ प्रणालीमा थपिएको छ ।

वाणिज्य बैंकहरुमा स्वदेशी मुद्रामा भने निक्षेप २२ अर्बले बढाएका छन् । स्वदेशी मुद्रामा जेठ मसान्तसम्म २६ खर्ब ४४ अर्ब रुपैयाँ निक्षेप रहेकोमा असार १३ सम्म आइपुग्दा निक्षेप २७ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । विदेशी मुद्र्रामा भने असार लागेपछि निक्षेप घटेको छ । जेठ मसान्तसम्ममा १ खर्ब १४ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप रहेकोमा त्यो घटेर १ खर्ब १० अर्ब रुपैयाँमा झरेको छ ।

असार लागेसँगै ऋण भने दुईसातामा खासै प्रवाह भएको देखिएको छैन । जेठ मसान्तसम्म २३ खर्ब ९६ अर्ब रुपैयाँ प्रवाह भएकोमा असार १३ सम्ममा २३ खर्ब ९७ अर्ब रुपैयाँ प्रवाह भएको छ । स्वदेशी मुद्रामा


क्लिकमान्डु