सिटिजन्स बैंकका ग्राहकले गोल्डेन हस्पिटलमा विषेष छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल र विराटनगरस्थित गोल्डेन हस्पिटलबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता पश्चात बंैंकका डेबिट÷व्रmेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउँनेछन ।सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हाल यस बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
साथै यस बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु