राष्ट्र बैंकले ५ संस्थालाई मर्जरमा जान अनुमति दियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरमा जानका लागि विभिन्न ५ वटा बैंक तथा वित्तीय संस्थालाई सहमति दिएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक र कावेली विकास बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले अन्तिम स्वीकृति दिइएको सह-प्रवक्ता गोविन्द नागिलाले बताए । यस्तै रामा रोशन लघुवित्त, एनआरएन लघुवित्त र क्रिएटिभ लघुवित्त वित्तीय संस्थालाई मर्जनमा जान सैद्वान्तिक सहमती दिएको नागिलाले जानकारी दिए ।

मर्जरको तयारीमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड २६ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत वर्ष सोहि अवधिको तुलनामा ९ प्रतिशतले बढी हो ।

बैंकले गत आवको सोहि अवधिमा २ कारोड ४८ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चैत मसान्तसम्ममा सप्तकोशीले १ अर्ब ६१ करोड १५ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरि १ अर्ब ६५ करोड २७ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सप्तकोशीको जगेडा कोषमा ४ करोड ६ लाख ८ हजार रुपैयाँ रहेको छ ।

खराब कर्जा १.६८ प्रतिशत रहेको छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ ७६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ७५ पैसा छ ।

यस्तै काबेली विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड १२ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिको तुलानामा काबेलीको नाफा ८१.४४ प्रतिशतले बढेको छ ।

८२ करोड १५ लाख ९ हजार रुपैयाँ निक्षेप संकलन गरेर ८० करोड ३४ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

२८ करोड ४२ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको काबेलीको जगेडा कोषमा ५ करोड १९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

खराब कर्जा २.८९ प्रतिशत रहेको काबेलीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २८ पैसा रहेको छ ।


क्लिकमान्डु