एन.आई.सी एशियाको शाखारहित सेवा कावासोतीमा
काठमाडौं । एन.आई.सी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको समुद्घाटन कावासोती नगरपालिकाका उप–मेयर प्रेम शंकर मर्दानियाले गरेका छन । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेजलाई नियुक्त गरेको बैंकले जनाएको छ ।
।
बैंकले हाल मुलुकभर २८४ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं २९ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।