राष्ट्र बैंकले मौद्रिक नीतिमा के गरोस् भन्ने चाहनुहुन्छ ? सुझाब दिनोस्



काठमाडौंं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय-सुझाव संकलन सुरु गरेको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै आगामी आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिका लागि आफ्ना राय सुझाव दिन सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।

सरकारले आगामी आवको लागि जेठ १५ गते बजेट ल्याएको छ ।

उक्त बजेट मार्फत आगामी आवमा साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने र मूल्यवृद्धि ६ प्रतिशत भित्रै राख्ने लक्ष्य लिएको छ ।

उक्त लक्ष्य अनुसारकै मौद्रिक नीति ल्याउने तयारी रहेको बताइएको छ ।


क्लिकमान्डु