तीन वटा सरकारी बैंकको खराब ऋण साढे १० अर्ब



काठमाडौं । तीनवटा सरकारी बैंकको साढे १० अर्ब रुपैयाँ खराब ऋण देखिएको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको संस्थानहरुको वार्षिक वित्तीय स्थिती अनुसार गत आर्थिक वर्षसम्ममा तीनवटा सरकारी बैंकहरु राष्ट्रिय वाणिज्य बैैंक,नेपाल बैंक र कृषि विकास बैंकको ३ महिना भन्दा बढी भाका नाघेको ऋणको रकम १० अर्ब रुपैयाँ देखिएको हो ।

प्रतिवेदन अनुसार सबैभन्दा बढी खराब ऋण राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । वाणिज्य बैंकको ३ महिनाभन्दा बढी भाका नाघेको ऋण ५ अर्ब ९० करोड रहेको छ ।

यस्तै कृषि विकास बैंकको १ अर्ब ९९ करोड रहेको छ । २ अर्ब ४६ करोड रहेको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकले ४ अर्ब,कृषि विकास बैंकले १ अर्ब २६ करोड रुपैयाँमा यस्तो खराब ऋण घटाउने लक्ष्य लिएका छन् ।

वाणिज्य बैंकले ऋण नउठेको पुराना ऋणीको ऋण उठाउन पछिल्लो समय प्राथमिकता दिएको छ ।


क्लिकमान्डु