सबै नेपालीको घरमा आधुनिक उर्जा पुर्याइने, ३ वटा प्रदेश अध्याँरोमुक्त बनाइने
काठमाडौं । सरकारले एक वर्षभित्रमा सबै प्रदेशमा कम्तीमा २ ठूला जलविद्युत तथा सौर्य आयोजनाको विकास गर्दैै सबै नेपालीको घरमा आधुनिक उर्जा पुर्याउने भएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् ।
बजेटमा उज्यालो नेपाल बनाउने गरी जलविद्युत र नविकरणीय उर्जाको विकास तथा विस्तार गरिने समेत उल्लखे छ ।
जलविद्युत, सौर्य र वायू लगायतका नविकरणीय प्रयोगबाट उर्जाको पहुँच कम भएका प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई सर्वप्रथम पूर्णरुपमा अध्याँरोमुक्त प्रदेश घोषणा गरिनेछ ।