बिफ्रकेश बिना अर्थमन्त्री प्रधानमन्त्री कार्यालय पुगे, मन्त्रीपरिषद् बैठकले बजेट पास गर्ने
काठमाडौं । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट पास गर्न मन्त्रीपरिषद्को बैठक बस्न लागेको छ ।
मन्त्रीपरिषद्को बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले बजेटको बारेमा सामान्य जानकारी दिने छन् ।
अहिले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रीहरु आउने क्रम जारी रहेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडा भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग नै रहेका छन् । अर्थमन्त्रालयबाट काम सकाएपछि अर्थमन्त्री अर्थमन्त्रालयसँगै रहेको प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
अर्थमन्त्री खतिवडा बिफकेश बिना प्रधानमन्त्री कार्यालय पुगेका छन् ।