नबिल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । नविल बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंक्यासुरेन्स सेवामा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि.के श्रेष्ठ र नबिल बैंकका रिटेल बिजनेस प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका नबिल बैंक लिमिटेडका शाखाहरु मार्फत लुम्बिनी जनरल इन्स्योरेन्सले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन ।

उक्त कार्यक्रममा बैंकका बैक्यासुरेन्स बिभागका प्रमुख प्रविण खनाल र इन्स्योरेन्समा ठमेल शाखा प्रमुख सुबोध ढुंगेलको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु