महालक्ष्मी विकास बैंकद्वारा कृत्रिम हात वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले विरगञ्जस्थित त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयका विद्यार्थीलाई कृत्रिम हात हस्तान्तरण गरेको छ ।
विभिन्न दुर्घटनामा परेर हात गुमाएका व्यक्तिहरुलाई कृत्रिम हातहरु हस्तान्तरण गरेको बैंकले जनाएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको विरगञ्ज शाखाले उक्त सामग्री हस्तान्तरण गरेको जनाएको छ ।
बैंकले रोटरी क्लब विरगञ्ज शाखासँग समन्वय गरी करिब ३० हजार रुपैयाँ बराबरको १५ थान हातहरु वितरण गरेको बताइएको छ । लाभान्वित व्यक्तिहरुले अब उक्त हातको माध्यमले अरुकाे सहायता बिना नै खाने, केही वस्तु समात्ने जस्ता कार्यक्रहरु सजिलै गर्न सक्ने बैंककाे भनाई छ ।