ग्लोबल आइएमई बैंकको शाखा सिन्धुलीको माडीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले सिन्धुली जिल्ला, कमलामाई नगरपालिका–६ माडी बजारमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । यो सँगै बैंकको शाखा संख्याद १३७ पुगेको छ ।
बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १३१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि, सम्पर्क कार्यालय मार्पmत सेवा दिएरहेको जनाएको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथै १५ लाख रुपैयाँसम्मको बिना धितो प्रोफेशनल कर्जा दिएइरहेको छ । बैंकले अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको जनाएको छ ।