एन आई सी एशिया बैंकले खोल्यो ८ वटा नयाँ शाखा
काठमाडौं । एन.आई.सी एशिया बैंकले काठमाडौं उपत्यका लगायत अन्य विभिन्न ठाउँमा गरि आठ वटा शाखा खोली कारोवार शुभारम्भ गरेको छ ।
नयाँ शाखाहरुमा काठमाडौं उपत्यकाभित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन भएको हो ।
पोखरा महामनगरपालिकामा अमरसिंह चोक शाखा, नार्गजुन नगरपालिकामा सितापाईला शाखा, काठमाडौं महानगरपालिकामा शंखमुल शाखा, ललितपुर उपमहानगरपालिकामा भैसेपाटी शाखा, बिदुर नगरपालिकामा त्रिशुली बजार शाखा, बिदुर नगरपालिकामा बेत्रावती बजार शाखा, धुलिखेल नगरपालिकामा धुलिखेल शाखा तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिकामा भिस्वा शाखा सञ्चालनमा आएका हुन ।