ग्यालेक्सी फोल्ड स्मार्ट फोन समिक्षा चरणमै भाच्चियाे, के भन्छ कम्पनी ?




काठमाडौ । मोवाइल क्षेत्रमा निकै प्रभावसाली मानिने कम्पनी मध्येको एक हो सामसुङ । तर प्रभावसाली मानिएको उक्त कम्पनी अहिले भने तनाबमा फसेको छ ।

सामसुङले बनाएको सामसुङ ग्यालेक्सी फोल्ड मोवाइल एउटा नमुना कामको रुपमा हेरिएको थियो । योे एक पृथक मोवाइल हुने आँकलन समेत गरिएको थियो । तर सामसुङको यो मोवाइल समिक्षकहरुको हातमा पर्ने वित्तिकै भाच्चिएपछि यसको भविष्य अन्यौलमा परेको छ ।

सामसुङले यो मोडलको मोवाइलको समिक्षाका लागि विश्वभरका केहि समिक्षकहरुलाई उक्त मोवाइल प्रदान गरेको थियो । तर अधिकांश समिक्षकहरुले प्रयोग गर्न खोज्दा उक्त मोवाइल भाच्चिएपछि अहिले यो समाचारले विश्व मोवाइल जगतमा तरङग फैलिएको छ ।

अधिकांश रिपोर्ट अनुसार अमेरिकाका मिडियालाई दिइएका सबैजसो मोवाइल भाच्चिएका छन । तर कपिपयले भने समिक्षकहरुले स्क्रिन प्रोटेक्टर हटाएका कारण उक्त समस्या आएको बताएका छन ।

सामसुङले उक्त समस्याबारे आफुले जानकारी पाएको र समस्या पहिचान गरि समाधान गर्न कम्पनी लाग्ने जनाएको छ । कम्पनीले भनेको छ–केहि समिक्षकहरुले आफुले टप लेयर हटाएको र त्यसले स्क्रिनमा समस्या आएको बताएका छन जुन स्क्रिन स्क्रयाच नहोस भनेर राखिएको डिस्प्ले स्ट्रकचर डिजाइन हो । हामीले यो सूचनालाई सुनिश्चित गरी ग्राहकहरुलाई स्पष्ट पार्नेछौ ।


क्लिकमान्डु