माउन्टेन हाइड्रोको साधारण सेयर बाँडफाँट
काठमाडौं । माउन्टेन हाइड्रोको साधारण सेयर बाँडफाँट भएको छ । उक्त सेयरमा आवेदन दिएका मध्ये सबैलाई ३० कित्ता सेयर परेको छ भने २३ हजार ९ सय ६५ जनालाई थप १० सहित ४० कित्ता परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
फागुन २३ देखि २८ गतेसम्म १०० रुपैयाँ दरको १८ लाख १६ हजार ११० कित्ता सेयर जारी भएको थियो । सेयरमा ३३ लाख ९६ हजार ३५० कित्ताको लागि आवेदन परेको थियो ।
माउन्टेनले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।