आरबिआईका पूर्व गभर्नर रघुराम राजनको घोषणाः पूँजीवादमा चरम अविश्वासको संकट छ



काठमाडौं । भारतीय रिजर्व बैंकका पूर्व गर्भनर रघुराम राजनले पूँजीवादमा चरम अविश्वास र संकट देखा परेको टिप्पणी गरेका छन् ।

उनले चेतावनीको शैलीमा समाजमा हुने सम्भावित विद्रोहको स्थिती समेत देखा परेको भन्दै त्यसले पूँजीवादमा चरम खतरा समेत रहेको बताएका छन् ।

उनले भनेका छन् कि विशेषगरी सन् २००८ को विश्वव्यापी रुपमा देखा परेको वित्तीय मन्त्रीका कारण आर्थिक तथा राजनीतिक व्यवस्थामा समस्या देखिए भन्दा ठूलो समस्या आउने देखाएका छन् । उनले राजनीतिक व्यवस्थाले सबैलाई समान र बराबर अवसर दिने अपेक्षा गरिएपनि त्यसो हुन नसकेको बताएका छन् ।

शिकागो विश्वविद्यालयका प्राफेसर समेत रहेका राजनले बिबिसीको रेडियो कार्यक्रमलाई अन्तरवार्ता दिँदै भनेका छन् संसारभर नै सरकारले सामाजिक रुपमा देखिएको असमानताको नजरअन्दाज गरेर बसेका छन् । तर त्यस्तो नजर अन्दाज गर्ने अवस्था भने थिएन । तर जुन नहुनु पर्ने थियो, त्यही भइरहेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व मुख्य अर्थमन्त्रीले भनेका छन् – पूँजीवादमा खतरा देखिनुको खास कारण यो हो कि त्यसमा कयौं नागरिकले अवसर पाएका छैनन् ।

जसका कारण यो व्यवस्था प्रति मानिसहरुको आक्रोश बढ्न सक्छ । जसका कारण विद्रोह समेत हुने अवस्था आएको छ । असमान अवसर नै विदेहको खास कारण बन्न सक्छ ।

पूँजीवादमा यस कारण खतरा देखा परेका छ कि ऊ आफैक मजोर अवस्थामा पुगेको छ । किनकी मानिसलाई बराबर अवसर प्रदान गर्न सकेको छैन । पूँजीवादले सबैलाई समान अवसर दिन सक्दैन । वास्तवममा मानिस सोही कारणले बढी प्रभावित बन्न पुग्छन् ।

स्रोत र साधनकोृ सन्तुलन पनि जरुरी पर्दछ । उनले भने तपाई आफै केही पनि कुरा रोज्न सक्नुुहुन्न । वास्तवमा जुन कुरा गर्न आवश्यक एवम् जरुरी छ त्यो नै अवसरको स्थितीमा सुधार ल्याउन सकछ ।

तर अवस्था भने त्यसको ठिक विपरित रहेको छ । धेरै मानिस अवसरको अभावमा कष्टकर जीवन बािताउन वाध्य भएका छन् ।

पूर्व गर्भनर राजनले भनेका छन् । साधारण शिक्षाका कारण मध्य श्रेणीको रोजगारीको अवसर प्राप्त गर्न सकिन्थ्यो । तर २००८ को विश्व आर्थिक संकट पछि त्यो अवस्थामा बदलाव आएको छ । अथवा तपाईले सफलता हासिल गर्नु जरुरी छ । तपाईले वास्वतमै राम्रो शिक्षा हासिल गर्नु जरुरी रहेको छ ।


क्लिकमान्डु