मार्क जुकरबर्गको रेकर्ड तोड्दै २१ वर्षे युवती कायली बनिन् सबैभन्दा कान्छी अर्वपति
काठमाडौ । कायली जेन्नरले सबैभन्दा कान्छी अर्वपति बनेर इतिहास रचेकी छिन्, त्या पनि आफ्नै परिश्रमले ।
विश्वव्यापी छरिएको उनले कायली कस्मेटीक ब्राण्डले उनलाई अर्वपतिको चिनारी थपिदिएको हो ।
कायली जेन्नरले फेसबुकका संस्थापक मार्क जुकरबर्गको नामका रहेको रेकर्ड तोडेकी हुन् । जुकरवर्गले २३ वर्षको उमेरमा सबैभन्दा कान्छो अर्वपति बनेर इतिहास बनाएका थिए । २१ वर्षमा अर्वपति बनेपछि त्यो रेकर्ड अब कायलील जेन्नरको पोल्टामा परेको छ ।
‘मैले केही सोचेकी थिइन, भविष्यवाणी पनि गरेकी थिइन, तर अहिले भएछु, म खुशी छु,’ उनले फोर्व म्यागेजिनलाई भनिन् ।
फोब्र्सका अनुसार कायली कस्मेटीक ९ सय मिलियन डलर बराबरको छ, जुन कायली एकल सम्पत्ति हो ।
कायली कम्मेटिकले सन २०१८ मा ९ प्रतिशत बृद्धि हासिल गरेको थियो । लिप किट उत्पादन सार्वजनिक गरेपछि ६ महिनामै ५४.५ मिलियन डलर फाइदा भएको थियो ।
उनका इन्टाग्राम, स्यान्पच्याप, टुइटर र फेसबुकमा गरि १७५ मिलियन फलोअर रहेका छन ।
‘यो सामाजिक सञ्जालको कमाल हो, मैले केही शुरु गनुपुर्व नै मेरो यति धेरै सामाजिक सञ्जालमा पहुँच थियो,’ उनले फोब्र्ससँग भनिन् ।