एनआइसी एशिया बैंकमा ३ पत्रकार र ५० चार्टर्ड एकाउन्टेन्टलाई जागिर खुल्यो
काठमाडौं । एनआईसी एशिया बैंकले ३ पत्रकार (कन्टेन्ट राइटर) र ५० चार्टर्ड एकाउन्टेन्टका लागि जागिर खुलाएको छ । इच्छुकले आगामी चैत ६ गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ ।
कन्टेन्ट राइटरमा जागिर खानका लागि बैंकिङ क्षेत्रको राम्रो ज्ञान भएको साथै बैंकले प्रकाशित गर्ने न्यूजलेटर, बुकलेट र बैंकका परिवर्तित नीति नियमहरुको बारेमा राम्रोसँग लेख्न जान्ने कला भएको व्यक्ति खोजेको हो । अग्रेजी भाषामा जानेको र पत्रकारितामा ब्याचलर गरेकाले यो पदका लागि आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, बैंकले देशभरका लागि ५० जना चार्टर्ड एकाउन्टेन्ट मागेको हो । यी पदमा जागिर खानका लागि ICAN/ICAI बाट चार्टड एकाउन्टेन्टसम्बन्धी अध्ययन पूरा गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
चार्टर्ड एकाउन्टेन्टमा जागिर खानका लागि २१ वर्ष पूरा भइ ४० वर्ष ननाघेका इच्छुक र योग्य व्यक्तिले बैंकमा आवेदन दिन सक्नेछन् भने कन्टेन राइटरका लागि १८ वर्ष पूरा भई ५० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् ।