विरोधमा पनि कमाई, प्रतिघण्टा ४२ पैसामा टिसर्ट



काठमाडौं । पछिल्लो दिनमा बंगलादेशका गार्मेन्टमा काम गर्ने महिला कर्मचारीलाई निकालेको भन्दै नयाँ प्रकारको विरोध सुरु भएको छ ।

विरोध पनि रमाइलो खालको छ । जसलाई उनीहरुले शान्तिपूर्ण विरोधको नाम दिएका छन् । र, भनेका छन्- ‘गर्ल पावर अर्थात् केटीको शक्ति ।’

उनीहरुले एक च्यारिटी मार्फत गर्ल पावर लेखिएको टिसर्ट लगाएर विरोध गर्ने गरेका छन् । सित्तैमा टिसर्ट प्रयोग गर्न भने दिइने छैन । प्रतिघण्टा ४२ पैसा तिर्ने गरी टिसर्ट उपलब्ध हुन्छ ।

सेलीब्रेटीले एक च्यारिटी मार्फत कपडा लगाउँछन् । र, गर्ल पावर नाम दिएर विरोध जनाउँछन अनि प्रत्येक घण्टाको ४२ पैसा तिर्ने गर्छन ।

कम तलब दिएको भन्दै पछिल्लो दिनमा ७ हजार ५०० मजदुर निकालिएका छन् । बंगलादेशको डर्ड कम्पोजिट टेक्सटाइल संसारभर नै विरोधको नयाँ स्वरुपको रुपमा प्रयोग भएको छ । त्यस्तो टिसर्ट विशेष गरी संसारभरका सेलीब्रेटीले प्रयोग गर्ने गरेका छन ।

कम तलब पाएको भन्दै विरोध गर्ने मजदुरलाई निकालेपछि संसारभर नै विरोधको त्यस्तो स्वरुप अवलम्बन गरिएको हो ।

विरोध गर्नका लागि प्रयोग गरिने टिसर्टको मूल्य २६०० सय रहेको छ । अर्थात २८ पाउण्ड बराबरको छ । उक्त टिसर्ट एफ बराबर नाम दिइएको कम्पनलिे बिक्री गर्ने गरेको छ ।

प्रत्येक टिसर्टको बिक्रीमा आउने १० पाउण्ड अर्थात् ९०० भारतीय रुपैयाँ बराबर भने वल्र्डरिडर नामक संसथालाई जाने गर्दछ । जो विकासशील देशका नागरिकरको लागि डिजिटल किताबको लागि खर्च गरिने गरिएको छ ।

तर मजदुरलाई कम तलब दिएको विषयमा देखिएको विवादका कारण पनि पछिल्लो दिनमा टिसर्टको बिक्री भने रोकिएको छ । मजदुरलाई उचित ज्याला नदिँदासम्म बंगलादेशको त्यस्तो टिसर्ट भने बिक्री गरिने छैन बिक्री कर्ता एफ बराबर अर्थात (एफ इक्विलले) भनेको छ ।

कारखानाको म्यानेजरको आदेशमा मजदुरलाई मरणासन्न हुने गरी पिटिएको थियो । अन्य कर्मचारीको पनि शोषण गरिएको छ । कर्मचारीहरुले बताएका छन् कि सन् २०१८ को जनवरीमा उनीहरुले मात्रै ६ हजार भारतीय रुपैयाँ बराबरको तलब पाएका थिए । त्यो भनेको असाध्यै कम हो । कम तलब पाएको भन्दै मजदुरले हड्ताल गरे । मजदुरले हडताल गरेको भन्दै ७५०० मजदुरलाई निकालिएको छ ।

टिसर्ट उत्पादनक कम्पनलिे अर्को बिक्री प्रबन्धक खोजेर पनि बिक्री गर्न खोजेको थियो । तर उसको मुख्य बजार रहेको बेलायतमा टिसर्ट बिक्री गरिने अरु कुनै बिक्रीकर्ता फेला पर्न सकेको छैन ।

कारण मजदुरको न्यूनतम तलब पाउनु पर्छ भन्नेमा उनीहरु दृढ छन् । बेलायतमा नै त्यस्तो टिसर्ट बनाउन सकिन्छ । तर तत्काल त्यस्तो उपाय पनि खोजिएको छैन । करण मजदुरको माग समाधान होओस् भन्ने नै उनीहरुको भनाइ छ । मजदुरको सशक्तिकरण नै प्रमुख विषय हो ।

डर्डका प्रबन्ध निर्देशक नबीलुद्दौला भन्छन्- मजदुरहरु यसकारण छोडेर गए कि उनीहरु हामीले दिएको तलबमा काम गर्न तयार भएनन् । हामीले तोकेको तलब भने त्यो थिएन, किनकी सरकार अर्थात् बंगलादेशको सरकारले नै नयाँ तलबमान तोकेको थियो ।’

हामी सरकारको उक्त मापदण्डको ख्याल गछौं । तर संसारभर नै सेलीब्रेटीले मजदुरको तलबको विषयलाई लिएर गरेको विरोधको विषयमा भने उक्त कम्पनीले केही बताएको छैन । एजेन्सीहरुको सहयोगमा


पुष्प दुलाल