पाँच जना न्यायधीशको पूर्ण इजलाशमा एनसेल करछलीको मुद्दा



काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनी एनसेल खरिदबिक्रीमा कर छली भएको विषयको मुद्दा सर्बोच्च अदालतमा मंगलबार सुनुवाईको लागि पेशीमा चढेको छ ।

सर्बोच्च अदालतका प्रधानन्यायधीश सहित पाँच जनाको पूर्ण इजलाशमा मुद्दाको सुनुवाई हुने छ ।

प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा तथा न्यायधीशरु मीरा खड्का,विश्वम्भरप्रसाद श्रेष्ठ,आनन्दमोहन भट्टराई,टंकबहादुर मोक्तानको पूर्ण इजलाशले सो मुद्दाको सुनुवाई गर्ने छ ।

एनसेलको कर छलीको विषयमा परेको फरक मुद्दालाई एकैपटक सर्बोच्चले सुनुवाई गर्न लागेको हो ।

एनसेलको स्वामित्व स्वीडेनको आजियटाबाट मलेसियाको एक्जियटा कम्पनीलाई बिक्रीगर्दा कर छलीको मुद्दाको टुंगो सर्बोच्चले नै लगाउने छ ।


क्लिकमान्डु