अर्थमन्त्रीले सचिवलाई कुटे, कुटाई खाएका सचिवलाई प्रहरीले पक्राउ गर्यो
जनकपुर । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवलाई कुटेका छन् ।
आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर कुटेका हुन् ।
‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले संचारकर्मीसँग भने ।
कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । मन्त्री यादवले कुटपिट गरेको कुरा अस्विकार गरेका छन् ।