किष्ट बैंक घोटालामा जेलमा रहेका कमल ज्ञवालीको मुद्दामा सर्बोच्चको कारण देखाउ आदेश



काठमाडौं । तत्कालिन किष्ट बैंकमा प्रवन्ध निर्देशक पदमा रहदा बैकिङ कसुर गरेको आरोपमा जेलमा रहेको कमलप्रसाद ज्ञवालीको मुद्दामा सर्बोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

ज्ञवालीलाई तत्कालिन पुनरावेदन हालको उच्च अदालतले बैकिङ कसुरमा दोषी ठहर गरेको छ । नेपाल प्रहरीले उनलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो ।

ज्ञवालीले पुस २६ गते सर्बोच्च अदालतमा उच्च अदालत पाटनलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । सर्बोच्च अदालतका न्यायधीश टंकबहादुर मोक्तानको एकल इजलाशले यसमा कारण देखाउ आदेश जारी गरेको हो ।


क्लिकमान्डु