‘खल्ती’ र ‘फुडमान्डु’ बीच रणनीतिक साझेदारीको घोषणा, अब अन्लाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने



काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन्।

खल्तीका डाइरेक्टर अमितअग्रवाल र फुडमान्डुका संस्थापक तथा सिईओ मनोहर अधिकारीले यहिपौष १२गते बिहीबार एक सम्झौता पत्रमा हस्ताक्षर गरेर उक्त साझेदारीको सुरुवात गरेका हुन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।

साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने,’यस साझेदारी सँगै अन्लाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अबखल्तीवालेट प्रयोग गरेरबिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्नु हुने भएको छ ।’

‘फुडमान्डुसँगको यो साझेदारीले खल्तीप्रयोगकर्ताहरुलाई एउटा थप नयाँ सेवाको भुक्तानीगर्न सहजताप्रदान गरेको छ । यो साझेदारीसँगै हामीले नेपाल डिजिटल र नगद रहितबनाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढेको महसुस गरेका छौँ । मीखल्तीप्रयोगकर्ताहरुलाई धेरै भन्दा धेरै सेवाहरु प्रदानगर्न प्रतिबद्ध छौँ र चाँडै खल्तीमाअन्यधेरै सेवाहरुको भुक्तानीगर्न मिल्ने सुविधाथप्ने प्रकृयामा छौँ ’अग्रवालले भने ।

त्यस्तै, फुडमान्डुका संस्थापकतथासिईओ मनोहर अधिकारीले खल्तीसँग साझेदारी गरी यसले प्रदानगर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहक माझ र्पुयाउन पाउँदा उत्साहित भएको बताए ।

अब, फुडमान्डुका ग्राहकहरूले भुक्तानीगर्नको लागिनगद पैसामामात्रै भर पर्नु नपर्ने उनको भनाई छ ।


क्लिकमान्डु