सरकारको ऋण ब्यवस्थापन गर्ने कम्पनी खुल्यो, अर्थमन्त्रीले शुभारम्भ गरे



काठमाडौं । अब नेपाल राष्ट्र बैंकले सार्वजानिक ऋणको ब्यवस्थापन नगर्ने भएको छ ।

सार्वजानिक ऋण ब्यवस्थापनको काम राष्ट्र बैंकको नभई सरकारको भएको भनेर अन्तर्राष्ट्रिय संस्थाहरुले सरकारलाई दिएको सुझाबका आधारमा सरकारले नयाँ समिति खोलेको हो ।

पुतलीसडकमा कार्यालय रहेको नयाँ सार्वजानिक ऋण ब्यवस्थापन कम्पनीको उदघाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरे । सो अवसरमा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल पनि उपस्थित थिए ।

६/७ वर्षअघि एशियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतले सार्वजानिक ऋण व्यवस्थापनको काम सरकारको भएको भन्दै छुट्टै सरकारी निकायबाट यसको ब्यवस्थापन गर्न सुझाएका थिए ।

नयाँ व्यवस्थापन समिति खुलेसँगै अब के कति आन्तरिक ऋण उठाउने, कहिले उठाउनेलगायतका विषयमा समितिले नै निर्णय गरेर काम गर्छ ।

आगामी केही महिनासम्म राष्ट्र बैंक र नेपाल सरकारका कर्मचारीले समितिमा गएर काम गर्नेछन् ।


पुष्प दुलाल