धेरै दिनपछि बढ्यो नेप्से, १८.८९ अंकले बढ्दा ४७ करोडको कारोबार



काठमाडौं । धेरै समयपछि आज नेप्से परिसूचक उल्लेख्य मात्रामा उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.८९ अंकले बढेको हो ।

नेप्से परिसूचक १.६४ प्रतिशतले बढ्दा ११६७.६७ विन्दूमा पुगेको छ । नेप्सेले जनाए अनुसार आज १ सय ५९ कम्पनीका १४ लाख ७ हजार ५ सय ३४ कित्ता सेयर खरिद विक्री भएको छ ।

समग्र नेप्सेमा ४७ करोड ४२ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आज उत्पादनमूलक समूह बाहेक सबै समूह बढेका छन् ।

आज बैंकिङ समूह १७.७६, होटल समूह ३०.३८, विकास बैंक समूह १०.२२, जलविद्युत समूह ४.६२, वित्तिय समूह ३.१५, निर्जीवन बीमा समूह १६७.२१, अन्य समूह ३.४१, लघुवित्त समूह ३७.५२ र जीवन बीमा समूह १३३.३७ अंकले बढेका हुन् । उत्पादनमूलक समूह भने ८.४३ अंकले घटेको छ ।

आज छिमेक लघुवित्त विकास बैंकले सबैभन्दा बढी कारोबार गरेको छ । बैंकले ५ करोड ७७ लाख ३९ हजार रुपैयाँ बराबरको टर्न ओभर गरेको हो ।

यता, मिरमिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाई गरेको छन् भने राइरङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ४.४६ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु