ललितपुर बन्यो नेपालको पहिलो कला नगरी
काठमाण्डौ । नेपाल हस्तकला महासंघको ४६ औं वार्षिकोत्सव तथा सातौंै हस्तकला दिवस मनाईएको छ । कार्यक्रमको प्रमुख अतिथिमा शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतीविद सत्यमोहन जोशी रहेका थिए ।
त्यसैगरी कार्यक्रमको विशिष्ठ अतिथिमा नेपाल सरकारका पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतम रहेका थिए । सो कार्यक्रमसँगै ललितपुर जिल्लालाई कला नगरी (क्राफ्ट सिटी) घोषणा गरिएको उपलक्ष्यमा विहान प्रभातफेरी गरी साँझ दिपावली गरिएको थियो ।
युनेस्को सहितको संस्थाले एशिया महाद्विपमा ललितपुर लगायत २७ शहरहरुलाई विश्व क्राफ्ट सिटी घोषणा गरी सकेको छ ।
महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापारलाई प्रवद्र्धन गर्न महासंघले आफ्नो ध्यान केन्द्रीत गरेको बताए ।