गुलरियामा सन नेपाल लाइफको उपशाखा उद्घाटन



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा २३ औ उपशाखा कार्यालयको रुपमा गुलरिया उपशाखा कार्यालयको उद्घाटन गरेको छ ।

स्थानीय जनसमुदाय तथा अभिकर्ताहरुको बाक्लो उपस्थितीका माझ कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रबन्धक कमलराज गौतमले संयुक्त रुपमा उपशाखा कार्यालयको उद्घाटन गरे ।

सोही कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत अर्याल र महाप्रबन्धक गौतमले जीवन बीमाको महत्व वारे प्रकाश पारेका थिए ।

ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ कम्पनीले कर्णाली प्रदेशमा बीमा जागरण अभियान समेत सम्पन्न गरेको जनाएको छ ।


क्लिकमान्डु