बीमा संचालक भन्छन्ः नविकरणको व्यवस्था हटाउन पर्यो, सर्वेयरको माग हामीलाई कारवाही हुनु भएन



काठमाडौं । बीमा कम्पनीका संचालकले बीमा कम्पनीको वार्षिक नविकरण गर्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

अर्थसमितिले बीमा विधेयकमा विज्ञहरुको सुझाव लिने क्रममा बीमाका संचालकले वार्षिक रुपमा बीमा कम्पनीको नविकरण गर्ने व्यवस्था हटाउन माग गरेका छन् ।
यस्तै बीमा संचालकले संचालकले पाउने भत्ता साधारणसभाले पारित गरे अनुसार पाउनुपर्ने सुझाव समितिमा पेश गरेका छन् । विधेयकको मस्यौदामा संचालकले पाउने भत्ता बीमा प्राधिकरणले तोके अनुसार हुने उल्लेख छ ।

यस्तै बीमा कम्पनीमा नियुक्त हुने सिइओ तथा कर्मचारीलाई वित्तीय स्वार्थ गासिएको व्यवस्था हटाएर एकाघरको मात्र राख्नुपर्ने सुझाव लगानीकर्ताको छ । चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले बीमा संचालकको तर्फबाट सुझाव पेश गर्दै वार्षिक विवरण ३० दिनभित्र पेश गर्नुपर्ने व्यवस्थालाई ६ महिना पुर्याउनुपर्ने माग गरे ।

यस्तै बीमा सर्वेयरले प्रस्तावित बीमा विधेयकमा सर्वेयरलाई मध्यस्तकर्ताको रुपमा राखिएको भन्दै त्यो व्यवस्था हटाउन माग गरे ।

बीमा सर्वेयर संघका अध्यक्ष सुर्यबहादुर जिसीले सर्वेयरको नविकरण पाँचवर्षमा गर्नुपर्ने र आफुहरुलाई कारवाहीको दायराबाट हटाउनुपर्ने माग गरे ।


क्लिकमान्डु