२० अर्ब चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकको सिइओमा अनिल ज्ञवाली नियुक्त



काठमाडौं । २० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् ।

पूर्वाधार विकास बैंकको संचालक समितिको बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

३३ वर्षको स्वदेश तथा विदेशको बैकिङ अनुभव भएका ज्ञवालीले नबिल बैंक र ग्लोबल आइएमई बैंकमा सिइओ भएर काम गरेका छन् ।

राष्ट्र बैंकले पूर्वाधार विकास बैंकको लागि सैद्दान्तिक सहमति दिएपछि कारोबार संचालनको लागि अनुमति दिएको छैन ।

बैंकमा संस्थापकको ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत सेयर रहने संरचना छ । बैंकले ठूला आकारको निक्षेप संकलन तथा ठूला पूर्वाधारको क्षेत्रमा कर्जा प्रवाह गर्ने छ ।


क्लिकमान्डु