दशैंमा मेलम्चीको पानी आउँछ भन्ने मन्त्री बिना मगर संसदले बोलाउँदा पनि गइनन्, सचिवले भने- माघमा काम सकिन्छ
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम माघ महिनासम्ममा सकिने खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले दाबी गरेका छन् ।उनले माघ महिनासम्ममा मेलम्चीको सम्पूर्ण प्राविधिक काम सकेर टनेलमा पानी हाल्ने र टेष्टिङ गर्दै जाने उनले बताए ।
‘टनेल भर्नलाई ३ दिन लाग्छ, सम्पूर्ण काम राम्रोसँग भयो भने ३ देखि ४ दिनमा हामी टनेलमा पानी झार्ने छौँ, ठोकुवाका साथ लेख्नुस् ६० दिनमा हामी सम्पूर्ण काम सक्छौँ,’ ठाकुरले भने ।
प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले यस्तो कुरा बताएका हुन् ।
उनले हालसम्म मेलम्ची खानेपानीको ९५ प्रतिशत काम भइसकेको जानकारी दिए । उचित क्षतीपूर्ती सहित मेलम्ची आयोजनाका काम अघि बढ्ने उनले बताए । ‘हामीले सुरु गर्नु अघि टनेलको फिनिसिङ २ देखि साढे २ किलोमिटर मात्र काम भएको थियो, अहिले २४ किलो मटिरमा काम भइसकेको छ, अब १६ देखि १७ सय किलो मिटर मात्र काम बाँकी रहेको छ, त्यो हामी माघसम्म पूर्णरुपमा सक्छौँ’ ठाकुरले भने ।
उनका अनुसार सुरुमा ‘महांकाल चोक, मिनभवन, अनामनगर, पानीपोखरी, बासघारी र बालाजुको ट्यांकीमा पानी राखेर सुरुको ३ देखि ४ महिनामा पुरानै प्रविधिमा पानी वितरण हुनेछ ।
मेलम्चीको पाइपले एकैचोटी ठूलो पानीको क्षमता सहन नसक्ने र त्यसो गर्दा टनेलद बिग्रिन सक्ने बताउदै उनले भने ‘सुरुको ४ महिनामा १ लाख ८० हजार धारमा पानी पठाइने त्यसपछि सम्पूर्ण काठमाडौं उपत्यकाको सबै धारामा पानी जाने पक्कापकी हो ।’
उनले पानी आएको ६ महिना भित्र नयाँ पाइपलाई पूर्णरुपमा फङ्सनल हुने उनले बताए ।
बैठकमा समितिका सभापति कल्याणी खड्का सहितका सदस्य सांसदहरुले मेलम्ची आयोजनाको काम कहिले सकिन्छ भनी प्रश्न गरेका थिए । बैठकमा खानीपानी मन्त्री बिना मगरको उपस्थिति किन भएन भनी सांसदहरुले कुरा उठाएका थिए ।
खानोपानी मन्त्री बिना मगरले गत बैशाख जेठसम्म दशैंसम्ममा काठमाडौंमा मेलम्चीको पानी ल्याएरै छाड्ने बताइकी थिइन् । आधा मंसिर वितिसक्दा पनि मेलम्चीको पानी नआएपछि संसदीय समितिले यस विषयमा छलफल गर्न बोलाएको बैठकमा मन्त्री मगर गइनन् ।