बीरगञ्जमा लुम्बिनी बिकास बैंकको एटिएम सञ्चालन
काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले वीरगंज, आदर्शनगर स्थित बैंकको व्यापारिक कम्प्लेक्समा रहेको शाखामा एटिएम मेसिन संचालनमा ल्याएको छ ।
उक्त एटिएम मेसिनको संचालनको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर तथा लुम्विनी विकास बैंक लिमिटेडका संस्थापक विजयकुमार सरावगीवाट भयो । कार्यक्रममा बैंकका संस्थापकहरु, व्यापारीहरु तथा स्थानीय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा बोल्दै लुम्विनी विकास बैंक लिमिटेडका वीरगंज शाखाका शाखा प्रवन्धक अशोक भण्डारीले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको मान्यता प्राप्त यस बैंकका अधिराज्यभर कुल ६५ शाखा कार्यालयहरु तथा १४ एटिएम संचालनमा रहेका बताए ।
उक्त कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर सरावगीले बैंक शाखाको निरीक्षण गर्दै प्रगतिको कामना समेत गरे ।