युनिक बचतको पूँजी ११ करोड, दुई हजार ५ सय बचतकर्ता



काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित युनिक बचत तथा ऋण सहकारी संस्थाको यस वर्षको पूँजी ११ करोड चार लाख ५० हजार रहेको छ ।

हाल संस्थाले ४३ करोड बराबरको कारोवार गरिसकेको छ भने संस्थामा जम्मा दुई हजार ५०० बचतकर्ता छन् । संस्थामा अझै एक करोड ६० लाख जगेडा कोष छ ।

संस्थाको दशौँ साधारणसभामा संस्थाका अध्यक्ष मिथिला खड्काले बचतका माध्यमबाट समाजलाई लाभ दिनु पर्नेमा जोड दिइन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमनाथ जोशीले पछिल्लो समयमा केही सहकारीले गरेको बेइमानीका कारण सहकारी शब्द अलोकप्रिय बन्दै गएको बताए । सरकार, निजी क्षेत्र र गैरसरकारी संस्था सँगै हिँडे मात्र देशको विकास सम्भव हुने उनको भनाइ छ ।

आगामी वर्षदेखि एक व्यक्तिले एउटा सहकारीमा मात्र बचत गर्न पाउने सहकारी डिभिजन ललितपुरका प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।


क्लिकमान्डु